काठमाडौं १५ असार –असार १५ अर्थात् राष्ट्रिय धान दिवस। देशभर हिलो छ्यापाछ्याप, असारे भाका र दहीचिउराको रमाइलो चलिरहेको दिनमा राष्ट्रपति रामचन्द्र पौडेल पनि रोपाइँमा सहभागी बनेका छन्।
राष्ट्रपति पौडेलले शीतल निवास परिसरमै आयोजित रोपाइँ कार्यक्रममा खेतमा उत्रिएर धान रोप्दै कृषिप्रतिको सम्मान र सन्देश दिएका हुन्। कार्यक्रममा नेपाली सेनाको टोली, राष्ट्रपतिको परिवारका सदस्यहरू र कार्यालयका कर्मचारीहरू समेत सहभागी थिए।
नेपाली समाजमा आजको दिन दहीचिउरा खाने परम्परा पनि छ। कृषि श्रमको सम्मानस्वरूप मनाइने यो पर्वमा राष्ट्रपतिको सहभागिताले धान दिवसको सन्देश अझ स्पष्ट पारिदिएको अनुभूति गरिएको छ।