+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

महालक्ष्मी विकास बैंकबाट पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड: अब कार्ड नबोक्दै भुक्तानी सम्भव

महालक्ष्मी विकास बैंकले डिजिटल युगसग सहकार्य गर्दै आफ्नो बैंकिङ सेवा अझ नयाँ स्तरमा पुर्‍याएको छ।

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, असार १५ —महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङमा नयाँ फड्को मारेको छ। बैंकले फोन पेसगको सहकार्यमा नेपालमै पहिलो पटक विकास बैंकको तर्फबाट पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको हो।

अब ग्राहकहरूले भौतिक क्रेडिट कार्ड बिना नै ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एप प्रयोग गरी देशभरका फोन पे क्युआर मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्नेछन्। साथै, अनलाइन किनमेलको भुक्तानी पनि सजिलै गर्न सकिने बैंकले जनाएको छ।

भर्चुअल कार्डमा पनि ४५ दिनसम्मको ब्याजरहित सुविधा तथा लचिलो किस्ताबन्दीको सुविधा उपलब्ध हुनेछ। यो सेवा सुरु भएपछि क्रेडिट कार्ड बोक्नु पर्ने झन्झट अन्त्य भएको बैंकको भनाइ छ।

ग्राहकलाई प्रोत्साहन दिन बैंकले भर्चुअल कार्डमार्फत गरिएको भुक्तानीमा ५ सय रुपैयाँसम्मको नगद फिर्ता (क्यासब्याक) अफर पनि ल्याएको छ।

डिजिटल नवप्रवर्तनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको महालक्ष्मी विकास बैंकको यो सेवा विकास बैंकहरूमध्ये पहिलो भएको दाबी गरिएको छ। बैंकका अनुसार, यस सुविधाले ग्राहकको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ