+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शिक्षा

शिक्षा ऐन म्यादको अन्तिम घडीमा: सिंहदरबारमा दबाब र दौडधुप

जनवाच
६ घण्टा अगाडी

काठमाडौं, १५ असार –विद्यालय शिक्षा ऐन जारी गर्ने सहमतिको आज अन्तिम म्याद भए पनि सरकारले आजै ऐन जारी गर्छ कि गर्दैन भन्ने अन्योल कायमै छ। सरकार र नेपाल शिक्षक महासंघबीच गत वैशाख १७ गते भएको सहमतिअनुसार असार १५ गतेभित्र ऐन ल्याइने भनिएको थियो।

तर आजको दिन पुग्दासम्म पनि ऐन जारी हुने निश्चितता नहुँदा शिक्षक महासंघ सक्रिय दबाब अभियानमा उत्रिएको छ।
सङ्घका सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा शिक्षकहरूको टोली आज बिहानै सिंहदरबारस्थित शिक्षा समितिमा पुगेर सांसदहरूमाथि दवाव दिन थालेका छन्।

समितिमा धेरै मुद्दाहरूमा सहमति भइसके पनि केही विषयमा अझै टुंगो लाग्न बाँकी रहेको छ। शिक्षा समितिले पछिल्लो समय विधेयकमाथि छलफललाई तीव्र बनाएको भए पनि अझै अन्तिम प्रस्ताव तयार पारिएको छैन।

सरकारले दिन बाँकी दुईपटक स्थगन भइसकेको ऐन प्रक्रिया अब राजनीतिक प्रतिबद्धता पूरा हुने वा फेरि अर्को विवादमा धकेलिने मोडमा पुगेको छ।

यसैबीच, शिक्षा समितिको बैठक आज बिहानै बोलाइएको छ। सम्भावित ढिलो निर्णयको विरोधमा शिक्षक महासंघ फेरि कडा कदम चाल्न सक्ने संकेत दिइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ