+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

रवीन्द्र मिश्रविरुद्ध चारवटा गम्भीर कसुरमा मुद्दा दायर

अनुसन्धानमा मिश्रमाथि भीडलाई उक्साएको, उपद्रवलाई प्रश्रय दिएको र कानुन विपरीतको गतिविधिमा प्रत्यक्ष संलग्न भएको दाबी गरिएको छ।

जनवाच
७ घण्टा अगाडी

११ जेठ, काठमाडौं — तीनकुनेमा भएको हिंसात्मक ‘राजावादी प्रदर्शन’ अब केवल राजनीतिक चर्चा होइन, कानुनी मुद्दाको केन्द्र बन्दैछ। सो घटनामा संलग्न ठानिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध चारवटा गम्भीर कसुरमा मुद्दा दायर गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मिश्रसहित अन्य केही व्यक्तिहरूविरुद्ध राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा चलाएको हो।

२०८१ साल चैत १५ गते तीनकुनेमा राजसंस्थाको समर्थनमा आयोजना गरिएको प्रदर्शनमा दुर्गा प्रसाईंको मुख्य भूमिका रहेको देखिएको छ। सो प्रदर्शन हिंसात्मक बन्दै गएपछि दुईजनाको मृत्यु, दर्जनौं घाइते र निजी सम्पत्तिमा आगजनी र तोडफोड भयो।

त्यही दिन राति, ग्वार्कोस्थित बीएन्डबी अस्पतालबाट फर्कँदै गर्दा मिश्रलाई पक्राउ गरिएको थियो। प्रहरीले उनलाई ५० दिनसम्म थुनामा राखी अनुसन्धान गरेको थियो। त्यसपछि सर्वोच्च अदालतले थुनामुक्त गर्ने आदेश दिएपछि उनी हाल हिरासतबाहिर छन्।

अनुसन्धानमा मिश्रमाथि भीडलाई उक्साएको, उपद्रवलाई प्रश्रय दिएको र कानुन विपरीतको गतिविधिमा प्रत्यक्ष संलग्न भएको दाबी गरिएको छ।

घटनाको क्रममा पत्रकार सुरेश रजक र प्रदर्शनकारी सविन महर्जनको ज्यान गएको थियो। प्रहरीको गोलीबाट २० जना घाइते, दर्जनौं घर–दुकानमा आगजनी र भाटभटेनी सुपरमार्केटमा लुटपाट जस्ता घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ