+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

ट्राफिक जवान नरेश राई वेष्ट ट्राफिक पुलिस घोषित

जनवाच
१३ घण्टा अगाडी

काठमाडौँ — व्यवस्थापनभन्दा बढी अव्यवस्थाको गुनासो सुन्न पाइने मीनभवनस्थित यातायात व्यवस्था विभागमा सेवा प्रवाह सहज बनाउने कार्यमा उदाहरणीय भूमिका निर्वाह गरेका ट्राफिक प्रहरी जवान नरेश याम्फु राई बैशाख महिनाका ‘वेष्ट ट्राफिक पुलिस अफ दि मन्थ’ घोषित भएका छन्।

गौशाला ट्राफिक प्रभागमा दरबन्दी भएर हाल यातायात व्यवस्था विभागमा कार्यरत राईले न केवल विभागीय निर्देशनको पालना गरे, उनले लामो समयदेखि सेवा लिन गएका सर्वसाधारणले भोग्दै आएको झन्झट हटाउन ठोस पहलसमेत गरे।

सेवाग्राहीलाई झुक्याउँदै आउने बिचौलियाको गतिविधिमा अंकुश लगाउँदै, उनले ट्राफिक प्रहरी र विभागबीचको समन्वयलाई अझ प्रभावकारी बनाएका छन्। विशेषगरी, नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पहिचानमा उनले ढड्डा हेरेर कारवाही अगाडि बढाउने जस्तो सजगता देखाए, जुन सामान्य प्रहरीबाट अपेक्षित हुँदैन।

त्यस्तै, हिट एन्ड रन घटनामा संलग्न सवारी साधन पहिचान तथा खोजीमा समेत उनी अग्रसर बनेका छन्। रामशाहपथस्थित उपत्यका ट्राफिक कार्यालय र यातायात व्यवस्था विभागबीचको अन्तरसंस्थागत सहकार्यलाई मजबुत बनाउँदै उनले सेवा प्रवाह सरल र नागरिकमैत्री बनाउन प्रयासरत रहँदै आएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ