काठमाडौं, जेठ ५ —नयाँ सवारीसाधन किन्ने सोचमा हुनुहुन्छ? अब पुरानो बाइक वा स्कुटर साटेर आकर्षक अफरसहित नयाँ टीभीएस सवारी घर लैजान सकिने सुनौलो अवसर काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। जगदम्बा मोटर्सले आगामी ७ देखि १२ जेठसम्म ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एन्ड फाइनान्स मेला’ आयोजना गर्दैछ, जहाँ बाइक मेला मात्र नभई मनोरञ्जनको माहोल पनि सुनिश्चित गरिएको छ। मेलामा ग्राहकले पुरानो बाइक वा स्कुटरको कम्तीमा ३० हजार रुपैयाँको मूल्यांकन पाउने छन्, जसमा १० हजार रुपैयाँसम्म थप मूल्यांकन र ८ हजार रुपैयाँसम्म नगद छुट उपलब्ध हुनेछ। मेलामा सहभागी ग्राहकले शून्य प्रतिशत ब्याजदरमा सवारी किन्ने सुविधा पनि पाउनेछन्। साथै, प्रि-बुकिङ गर्ने ग्राहकले ५ हजार रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन्। नयाँ टीभीएस सवारी किन्ने सबै ग्राहकलाई हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहार स्वरूप दिइनेछ। टीभीएस मेलाले केवल व्यापारिक लेनदेनमा सीमित नरही, आगन्तुकलाई लाइभ म्युजिक, स्टन्ट शो, टेस्ट राइड, खेलकुद गतिविधि, सौन्दर्य स्टल, स्वादिलो फुड स्टल, बालबालिकाका लागि मनोरञ्जन क्षेत्र र एसी हलको सुविधासहित परिवारकै लागि एक रमाइलो दिवसको माहोल दिने लक्ष्य राखेको छ। सवारी बदल्ने मात्र होइन, रमाइलो गर्ने अवसर खोज्दै हुनुहुन्छ भने भृकुटीमण्डपको टीभीएस मेला तपाईंका लागि उपयुक्त गन्तव्य हुनसक्छ। अफरको फाइदा उठाउँदै रमाइलो वातावरणमा नयाँ टीभीएस सवारी घर लैजान तयार हुनुहोस्!