काठमाडौं, जेठ ५ —अब आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीहरूले प्रेम दरवार होटलमा रोमाञ्चक अनुभव र विश्राम एकैसाथ सस्तो मूल्यमा प्राप्त गर्न सक्ने भएका छन्। एक नयाँ सहकार्य सम्झौताअनुसार, प्रेम दरवार होटलले आई.एम.ई. लाइफ परिवारलाई आफ्नो लोकप्रिय जिपलाइन टिकटमा ५०% र अन्य सम्पूर्ण सेवामा ३५% छुट दिने भएको छ। बीमितले आफ्नो मोबाइलमा रहेको IME LIFE मोबाइल एपमा उपलब्ध प्रिभिलेज कार्ड देखाएर सो छुट सुविधा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।त्यस्तै, अभिकर्ता र कर्मचारीहरूले कम्पनीको अधिकृत परिचयपत्र देखाएर यस्ता छुटको लाभ लिन सक्नेछन्। आई.एम.ई. लाइफले समय–समयमा आफ्ना बीमितहरूको जीवनशैलीमा सकारात्मक थप ल्याउने उद्देश्यले यस्ता छुट र सहकार्य अगाडि ल्याउँदै आएको छ।यो नयाँ योजना पनि ग्राहकसँगको सम्बन्धलाई अझ व्यावहारिक, सजीव र लाभदायक बनाउने दिशामा गरिएको पहल हो। जीवन बीमा अब केवल जोखिम व्यवस्थापनमा सीमित छैन — यसले जीवनको आनन्द, यात्रा र विश्राममा समेत प्रत्यक्ष योगदान दिन सक्छ भन्ने सन्देश आई.एम.ई. लाइफको यो नवीन सहकार्यले दिएको छ।बीमा लिने मात्र होइन, बीमा जीवनशैली बनाउने अभियानमा कम्पनी अग्रसर देखिएको छ।