काठमाडौं, जेठ २ — राजधानी जोड्ने महत्वपूर्ण वैकल्पिक मार्ग कुलेखानी–कलंकी–हुमाने सडक खण्ड आजदेखि पूर्ण रूपमा बन्द भएको छ। बाटो कालोपत्रे गर्न लागिएकाले आगामी १९ दिनसम्म (जेठ २० गतेसम्म) सवारी आवागमनमा पूर्ण निषेध गरिनेछ।
नेपाल प्रहरीका अनुसार यस अवधिमा काठमाडौं–हेटौंडा र हेटौंडा–काठमाडौंबीच यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ मार्ग प्रयोग गर्नुपर्नेछ।