+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

छोटो समयमा ५०० भन्दा बढी बिक्री, नेपाली सडकमा Seres को प्रभाव बढ्दै

जनवाच
७ घण्टा अगाडी

चिनियाँ ब्रान्ड Seres को इलेक्ट्रिक गाडीहरू नेपाली सडकमा तीव्र रूपमा बढ्दै छन्। नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्स का अनुसार, बिक्री सुरु भएको १६ महिनामै ५०० भन्दा बढी Seres EV बिक्री भइसकेका छन्।

बुधबार नक्सालस्थित शोरूममा आयोजित कार्यक्रममा कम्पनीले यो उपलब्धि सार्वजनिक गरेको हो। Huawei सँगको सहकार्यमा EV उत्पादन गर्दै आएको Seres ले अहिले नेपालमा Seres 3 SUVSeres Mini EV उपलब्ध गराएको छ।

Seres 3 ले छोटो समयमै नेपाली ग्राहकको मन जितेको एमएडब्लू बृद्धिका प्रबन्ध निर्देशक विवेक शिकारिया ले बताए। “बिक्रीसँगै हामीले चार्जिङ पूर्वाधारमा पनि विशेष ध्यान दिइरहेका छौं,” उनले भने, “हाल हाम्रो CCS2 चार्जिङ नेटवर्क सबैभन्दा ठूलो छ, र छिट्टै २०० भन्दा बढी चार्जिङ स्टेसन पुर्‍याउने लक्ष्य लिएका छौं।”

चीनमा AITO ब्रान्ड अन्तर्गत उपलब्ध Seres का थप मोडेलहरू पनि चाँडै नेपालमा ल्याउने तयारी भइरहेको शिकारियाले जानकारी दिए।

हाल बजारमा Seres 3 को Comfort र Premium दुई भेरिएन्ट उपलब्ध छन्, जसको मूल्य क्रमशः ५० लाख५३ लाख रुपैयाँ तोकिएको छ। त्यसैगरी, Seres Mini EV तीन फरक भेरिएन्टमा उपलब्ध छ, जसको मूल्य १४ लाखदेखि १८ लाख रुपैयाँ को बीचमा पर्छ।

उत्कृष्ट डिजाइन, विश्वासिलो प्रविधि, र सशक्त चार्जिङ नेटवर्कसहित Seres ब्रान्डले नेपाली EV बजारमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ