+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थवाच

ऊर्जाको सम्भावनामा फ्रान्सेली लगानी खोज्दै इप्पान अध्यक्ष कार्की : ‘नेपाल अब ऊर्जा निर्यातकर्ता बन्ने मोडमा

ऊर्जा क्षेत्रमा नेपालको सम्भावना अब भविष्यको सपना होइन, लगानी र सहकार्यद्वारा साकार हुँदै गएको यथार्थ हो—अध्यक्ष कार्की

जनवाच
११ घण्टा अगाडी

काठमाडौं –नेपालको जलविद्युत् क्षेत्रमा बढ्दो सम्भावनालाई विश्व बजारमा प्रस्तुत गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले फ्रान्सेली लगानीकर्तालाई नेपालमा खुला ढोका रहेको सन्देश दिएका छन्।

पेरिसमा आयोजित France–Nepal Hydropower Investment Summit मा बोल्दै अध्यक्ष कार्कीले दक्षिण एशियामा ऊर्जा खपत तीव्र गतिमा बढिरहेकाले नेपालले त्यसलाई सम्बोधन गर्ने प्राकृतिक र प्राविधिक सम्भावना बोकेको स्पष्ट पारे।

‘बजारको चिन्ता नगर्नुस्, नेपालसँग क्षमता, सम्भावना र राजनीतिक प्रतिबद्धता तीनै छन्,’ अध्यक्ष कार्कीले भने, ‘अब नेपाल ऊर्जा निर्यातकर्ता बन्ने मोडमा प्रवेश गरिसकेको छ।’

कार्कीले निजी क्षेत्रको सक्रियताले नेपालमा विद्युत् उत्पादन क्षमता २५ वर्षमा २५० मेगावाटबाट ३,५०० मेगावाट पुर्‍याएको उल्लेख गरे। जसमा ८० प्रतिशत योगदान निजी क्षेत्रको रहेको छ।

फ्रान्स सरकारको आर्थिक तथा प्राविधिक साझेदारीलाई स्मरण गर्दै उनले त्रिशूली १ जलविद्युत् आयोजना र HydroNepal Project जस्ता द्विपक्षीय सहकार्यका उदाहरण प्रस्तुत गरे। फ्रान्सको सहयोगमा ४५३ मिलियन डलर ऋण प्राप्त भएको त्रिशूली १ आयोजना नेपालका लागि सहकार्यको सफल नमुना भएको कार्कीले बताए।

‘स्मार्ट ग्रिड, कार्बन व्यापार, जलवायुगत पूर्वानुमानदेखि लिएर हाइड्रो उपकरण निर्माणसम्म फ्रान्सेली विशेषज्ञता नेपालमा उपयोगी हुन सक्छ,’ कार्कीले फ्रेन्च लगानीकर्तालाई भने।

नेपाल सरकारले सन् २०३५ भित्र २८,५०० मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले १५,००० मेगावाट भारतमा निर्यात गर्ने र बाँकी स्वदेशमा प्रयोग गर्ने योजनाले लगानीकर्ताका लागि बैंकिङ, बीमा, निर्माण, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा पनि अवसर सिर्जना गर्ने जानकारी दिए।

“साझेदारी मोडलमा काम गर्न चाहने फ्रान्सेली कम्पनीहरूका लागि नेपाल उपयुक्त गन्तव्य हो,” कार्कीको जोड थियो।

उनले आगामी Power Summit 2025 मा फ्रेन्च लगानीकर्तालाई सहभागी भई नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्रको रुपमा स्थापित गर्न अग्रसर हुन आह्वान गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ