+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

नेताले राजनीतिलाई पुर्ख्यौली सम्पत्ति जस्तो नबुझून् : बाबुराम भट्टराई

जनवाच
१४ घण्टा अगाडी

काठमाडौं —नयाँ शक्ति पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिलाई परिवार केन्द्रित धन्दा बनाउने प्रवृत्तिको कडा आलोचना गरेका छन्। उनले नेताहरुले आफ्ना छोराछोरीलाई सत्ताको मुखमा पुर्‍याउने सपना देखाउनु अनुचित भएको टिप्पणी गरेका हुन्।

‘देश बनाउन राजनीतिमा लाग्नु र सत्ताका लागि मात्र राजनीतिमा लतार्नुमा फरक छ,’ भट्टराईले भने, ‘यदि देश बनाउने सपना छ भने सबैका लागि राजनीति खोल्नु पर्छ, तर आफ्ना छोराछोरीलाई मात्रै अगाडि बढाउने सपना देख्नु सर्वथा अनुचित हो।’

उनले अझ प्रष्ट्याउँदै भने, ‘नेपाल देशलाई साँचिकै माया गर्ने हो भने त्यसको सार्वभौमिकता र जनहितको पक्षमा राजनीति गर्नुपर्छ। आफ्ना नातेदारलाई सिंहदरबार पुर्‍याउन चाहने सोच भनेको गलत दिशाको राजनीति हो।’

भट्टराईले यो धारणा एक कार्यक्रममा राखेका थिए, जहाँ उनले राजनीतिलाई ‘व्यक्तिगत उद्यम’ हैन, ‘सार्वजनिक सेवाको बाटो’ बन्नुपर्छ भन्ने तर्क गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ