+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

सुरक्षा केवल दायित्व होइन, नागरिकप्रति प्रतिबद्धता हो : आईजीपी थापा

सरूवा भएका डीआईजीहरूलाई थापाको निर्देशन : नीति, अनुशासन र जनमैत्री सेवामा केन्द्रित रहनू

जनवाच
३ हप्ता अगाडी

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले प्रहरी सेवालाई जनताप्रति उत्तरदायी, अनुशासित र व्यावसायिक बनाउँदै जानुपर्नेमा जोड दिएका छन्।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा सरूवा भएर नयाँ कार्यक्षेत्रतर्फ जान लागेका प्रहरी नायव महानिरीक्षकहरू (डीआईजी) लाई निर्देशन दिँदै आईजीपी थापाले, “सुरक्षा केवल हाम्रो दायित्व होइन, यो नागरिकप्रति हाम्रो प्रतिबद्धता हो,” भने।

थापाले प्रत्येक प्रहरीले आफ्नो कार्यक्षेत्रमा भरपर्दो सुरक्षा रणनीति तयार गरी अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुव्यवस्था कायम गर्न प्रभावकारी ढंगले प्रहरी परिचालन गर्नु आवश्यक रहेको बताए।

व्यक्तिगत लाभभन्दा पनि संस्थागत हितलाई प्राथमिकतामा राखेर कार्य गर्नुुपर्ने भन्दै थापाले भने, “हामीले संगठनको सुदृढिकरण र शुद्धिकरणलाई नेतृत्वदायी तहबाटै सुरु गर्नुपर्छ। नीति, अनुशासन र व्यावसायिकता हाम्रो आधारशिला हुन्।”

थापाले सीमा क्षेत्रहरूमा हुने आपराधिक क्रियाकलाप र राजस्व चुहावट नियन्त्रण गर्न विशेष सर्तकता अपनाउन निर्देशन दिए। “हामीले सीमा क्षेत्रमा मात्र होइन, समाजका सबै तह र तप्कामा अपराधविरुद्धको उपस्थिति देखाउनुपर्छ,” उनले भने।

आईजीपी थापाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत तथा पिछडिएका समुदायप्रति उत्तरदायी दृष्टिकोण राख्दै प्रहरी परिचालन हुनुपर्ने धारणा राखे। विपद् व्यवस्थापनमा स्थानीय तह, नागरिक समाज र अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उनले बताए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीले पनि सरूवा भएका अधिकृतहरूलाई कार्यक्षेत्रमा सामना गर्नुपर्ने चुनौती र रणनीति सम्बन्धी मार्गदर्शन गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ