काठमाडौँ, २२ वैशाख।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) सेवा आयोगले आर्थिक वर्ष २०८०/८१ को तेस्रो वार्षिक प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पेश गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष डा. खगराज बरालले प्रधानमन्त्री एवं नाष्टका कुलपति समेत रहेका ओलीलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्।
प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले विज्ञान तथा प्रविधिलाई मुलुकको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने दिशामा उपयोग गर्नुपर्नेमा जोड दिए। “वैज्ञानिक अनुसन्धान केवल कागजी प्रक्रिया नभई प्रत्यक्ष परिणाम दिन सक्ने खालको हुनुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “देशको विकासमा योगदान पुर्याउने अनुसन्धानमा प्रतिष्ठान लाग्नुपर्छ।”
प्रतिवेदन बुझाउने कार्यक्रममा लोक सेवा आयोगका सदस्य वीरबहादुर राई, नाष्टका सदस्यसचिव डा. रविन्द्रप्रसाद ढकाल लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया