+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रबिधी

उबुन्टु नेपाल र सीएसआरआईबीच सहकार्य—ओपन-सोर्स र साइबर सुरक्षामा दीर्घकालीन साझेदारी

नेपालमा विश्वस्तरीय प्रविधि सम्मेलनको आयोजनाले ओपन टेक्नोलोजी र डिजिटल सुरक्षाका सवालमा नयाँ सम्भावनाहरू खोल्ने छ।

जनवाच
९ घण्टा अगाडी

काठमाडौं, २२ वैशाख। नेपालको सूचना प्रविधि क्षेत्रमा ओपन-सोर्स प्रविधि र साइबर सुरक्षालाई सशक्त बनाउने लक्ष्यसहित उबुन्टु नेपाल र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (CSRI) बीच महत्वपूर्ण रणनीतिक साझेदारी भएको छ।

आइतबार राजधानीमा आयोजित एक औपचारिक कार्यक्रममा दुवै संस्थाले सन् २०२५ को “उबु-कन एशिया” सम्मेलनको संयुक्त आयोजनाको घोषणा गर्दै समझदारीपत्र (MoU) मा हस्ताक्षर गरे।

उबुन्टु नेपालका तर्फबाट आदित्य सिंह र CSRI का तर्फबाट अध्यक्ष डा. शालिग्राम पराजुली तथा महासचिव डा. भोजराज घिमिरेले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। यो सहकार्यको मूल पहल सीएसआरआईका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा भएको हो।

संयुक्त आयोजनामा सीमित नरही यो सहकार्यले ओपन-सोर्स प्रविधिको विकास, साइबर सुरक्षाको सुदृढीकरण र सम्पूर्ण आइसीटी इकोसिस्टमको दीर्घकालीन रूपान्तरणमा योगदान पुर्‍याउने दुवै पक्षको विश्वास छ।

सम्मेलन आगामी भदौ १३–१४ गते (अगस्ट ३०–३१) काठमाडौँमा आयोजना हुने छ। CSRI अबदेखि उबु-कन एशियाको आधिकारिक ‘कम्युनिटी पार्टनर’ बन्नेछ, जसअनुसार सम्मेलनको सम्पूर्ण ब्रान्डिङ र प्रचारमा CSRI को लोगो र पहिचान समावेश गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ