+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रबिधी

बागमती प्रदेशकाे लाइसेन्स र ब्लु बुक पनि नागरिक एपमार्फत

जनवाच
१ दिन अगाडी

काठमाडौं, १९ वैशाख — नेपालले डिजिटल सेवा प्रवाह तर्फको यात्रा अझ तीव्र बनाउँदै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारी धनी प्रमाणपत्र (ब्लु बुक) अबदेखि नागरिक एपमार्फत उपलब्ध हुने व्यवस्था सुरु गरेको छ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ को अवसरमा आयोजित कार्यक्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशको उक्त डिजिटल सेवा शुभारम्भ गर्नुभएको हो।

प्रधानमन्त्री ओलीले नेपालमा सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट सुशासन र नागरिक सेवाको सहजता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। “हामीकहाँ अब एक लाइन टेलिफोनका लागि मन्त्री भेट्नुपर्ने अवस्था छैन, अब स्याटेलाइट पठाउने देश हौं,” उहाँले भन्नुभयो।

उहाँका अनुसार सरकारले सूचना प्रविधिलाई शिक्षा, स्वास्थ्य, यातायात र सार्वजनिक सेवा जस्ता क्षेत्रमा व्यापक प्रयोगमा ल्याउँदै नागरिकको जीवन सहज बनाउने कामलाई प्राथमिकता दिएको छ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले शिक्षामा गुणस्तर सुधार ल्याउने भन्दै गत वर्षदेखि अनलाइन शिक्षाले एसईईमा कमजोर नतिजा ल्याउने अवस्थालाई कम गर्न भूमिका खेलेको बताए। साथै, नेपालमा पूर्वाधार सुदृढ भएकाले सूचना प्रविधिमा वैदेशिक लगानीको पनि उत्तिकै सम्भावना रहेको धारणा राखे।

“नेपाल उर्बर र सम्भावनायुक्त छ। प्रविधिमा लगानी गर्न अब समय आइसकेको छ,” उहाँले लगानीकर्तालाई अपिल गर्दै भन्नुभयो।

कार्यक्रममा राष्ट्रिय सूचना प्रविधि अवार्ड २०८२ पनि प्रदान गरिएको थियो। प्रा. डा. शशीधर राम जोशीसहित विभिन्न व्यक्ति तथा संस्थाले प्रविधि क्षेत्रको योगदानका लागि सम्मान प्राप्त गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ