+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

बालअधिकार र डिजिटल युगको सन्देश बोकेको ‘झिल्को’ आजदेखि सिनेमा हलमा

जनवाच
१ दिन अगाडी

काठमाडौं, वैशाख १९ — प्रविधिको लत, बालमनोविज्ञानको उल्झन र पारिवारिक संवेदनशीलतालाई पर्दामा उतार्ने नेपाली चलचित्र ‘झिल्को: द स्पार्क’ आजदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ। शिक्षामूलक मनोरञ्जनको शिर्षकमा यो चलचित्रले अभिभावक, शिक्षक र नीतिनिर्माताको संवेदनशीलता जगाउने अपेक्षा गरिएको छ।

‘झिल्को’ केवल कथा नभई आजको पुस्ताले भोगिरहेको डिजिटल युगको जटिल यथार्थ हो। मोबाइल र इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकाको मानसिक र सामाजिक विकासमा कस्तो असर पार्न सक्छ भन्ने गम्भीर प्रश्न चलचित्रले उठाएको छ।

यसअघि काठमाडौंको आईएनआई सिनेमा, एनबी सेन्टरमा आयोजित प्रीमियर कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर प्रमुख अतिथिको रूपमा सहभागी भइन्। उनले चलचित्रलाई सामाजिक उत्तरदायित्व बोकेको उदाहरणीय सिर्जना भन्दै भनिन्, “झिल्कोजस्ता चलचित्रले समाजलाई बालबालिकाको भित्री संसार बुझ्न मद्दत गर्छ।”

चलचित्रमा सुनिल पोख्रेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, आयुषी ढकाल, जेभिन जेभिस र जान्वी बस्नेतको अभिनय छ। विशेषतः बालकलाकार आयुषी ढकालले निर्वाह गरेको संवेदनशील भूमिकाले दर्शकमाझ गहिरो प्रभाव छोडेको छ।

‘मिडिया फर कल्चर प्रा.लि.’ को ब्यानरमा बनेको फिल्मको निर्देशन यादवकुमार भट्टराईले गरेका हुन्। कथा तथा पटकथा भट्टराई, अरुण देव जोशी र देव ब्रतको संयुक्त लेखनमा तयार गरिएको हो।

यो चलचित्र मनोरञ्जनको नाममा केवल हास्य–रोमाञ्च नभई अभिभावकत्व, सामाजिक चेतना र भावनात्मक शिक्षाको संयोजन हो। हरेक विद्यालय, परिवार र समुदायमा प्रविधिको प्रयोगबारे सोच्न बाध्य बनाउने ‘झिल्को’ एक सशक्त पर्दा-प्रस्तुति बनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ