+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

पाँचथरको विकासमा सघाउने लक्ष्यसहित साउदीको जुबेलमा साँगीतिक कार्यक्रम, रचना रिमालसहित चर्चित कलाकारको प्रस्तुति

जनवाच
३ हप्ता अगाडी

काठमाडौं — नेपाली कला, संस्कृति तथा सामाजिक अभियानको समर्थनमा साउदी अरेबियाको जुबेलमा एक भव्य साँगीतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम आगामी जुन ६ मा अल हुमैदान हल (लुलु हाईपरमार्केट पछाडि) मा आयोजना हुनेछ।

के.आई. ग्रुपले आयोजना गर्न लागेको यस कार्यक्रमको उद्देश्य पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका स्थित यवा मार्गको स्तरोन्नति तथा नेपाली सांस्कृतिक उत्थानमा योगदान पुर्‍याउनु रहेको छ।

कार्यक्रममा लोकप्रिय नेपाली गायक-गायिका रचना रिमाल, प्रीति आले, प्रकाश दुतराज, नोगेन लिम्बु, मधुमाया थापा मगर, सुनिता थेगिम, र नृत्य प्रस्तुतिका लागि प्रीति पासवानको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएका छन्।

देव धिमालद्वारा संयोजित यस कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको छ।

के.आई. ग्रुपका संस्थापक श्रीप्रसाद यावले आफ्नो व्यक्तिगत लगानीमा यवा मार्गको १० किलोमिटर सडक निर्माण गरिसकेका छन्। अब बाँकी कामलाई निरन्तरता दिन यो कार्यक्रमबाट उठेको रकम प्रयोग गरिनेछ।

साउदीमा १५ वर्षदेखि सफल व्यवसाय सञ्चालन गर्दै आएका सहसंस्थापक ओमप्रसाद फुयाँल र ईश्वर काप्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले शिक्षा, स्वास्थ्य तथा पूर्वाधार क्षेत्रमा योगदान पुर्‍याउँदै आएको जानकारी दिएका छन्।

कार्यक्रमको टिकट जुबेल, दमाम र खोबरका नेपाली होटलहरूमा उपलब्ध रहेको छ। आयोजकहरूका अनुसार कार्यक्रमले प्रवासमा रहेका नेपालीलाई मनोरञ्जनसहित सामाजिक योगदानको अवसर दिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ