+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

ताप्लेजुङ घटनाका दुबै घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

जनवाच
९ घण्टा अगाडी

८ वैशाख, काठमाडौं — ललितपुर महानगरपालिका–१० निवासी ४५ वर्षीया सबिना आचार्य आफ्ना दुई छोराछोरीसहित पाथीभरा दर्शनका लागि निस्केकी थिइन्। तर, फुङलिङ नगरपालिका–१० को सेवारो चोकमा अचानक लत्रिएको विद्युतको तारले बोलेरो गाडीलाई समात्यो, र केही सेकेन्डमै आगोको झिल्कोले गाडीलाई निल्यो।

घटनामा सबिनाकी १६ वर्षीया छोरी आध्या आचार्यको घटनास्थलमै मृत्यु भयो।
छेउमै बसेका सबिना र उनका १० वर्षीय छोरा भविमय भने गम्भीर घाइते भए। प्रारम्भिक उपचारपछि उनीहरूलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइँदै छ।
कोशी प्रदेश प्रहरीका अनुसार दुवै खतरामुक्त छन् ।

घटनामा झापाका ७० वर्षीय विनोद पौडेल, उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल, र गाडी चालक दुर्गा भट्टराईको पनि ज्यान गएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ