+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रबिधी

डिजिहबको ‘टीएमएस’ले ल्यायो ब्रोकर प्रणालीमा क्रान्ति: अब सेयर कारोबार झन् सहज

हाल पाँच ब्रोकर कम्पनीमा सञ्चालनमा रहेको यो प्रणाली चाँडै नै अन्य ब्रोकरहरूमा पनि लागू गरिने डिजिहबले जनाएको छ। कम्पनीले वित्तीय सेवा क्षेत्रमा नवप्रवर्तनात्मक प्रविधि भित्र्याएर नेपाली सेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने दृढता व्यक्त गरेको छ।

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत २९ – नेपालको सेयर बजारमा प्रविधिमार्फत परिवर्तन ल्याउने उद्देश्यसहित डिजिहबले अन्तर्राष्ट्रिय स्तरको ‘ट्रेडिङ म्यानेजमेन्ट सिस्टम’ (टीएमएस) सार्वजनिक गरेको छ। सेयर कारोबार प्रणालीमा देखिएका जटिलता र झन्झट हटाउन डिजिहबले ल्याएको यो प्रणाली हाल पाँच प्रमुख ब्रोकर कम्पनीहरूमा सफलतापूर्वक प्रयोगमा आइसकेको छ।

डिजिहबको टीएमएस केवल लगानीकर्ताको लागि नभई ब्रोकर कम्पनीहरूका लागि समेत गेमचेन्जर सावित हुने अपेक्षा गरिएको छ। प्रणालीमा रहेको इन्टिग्रेटेड ब्याक अफिस, अटोमेटेड केवाईसी/डिम्याट इन्टिग्रेशन र एडभान्स रिस्क मोड्युलले ब्रोकरको समय र स्रोतको प्रयोगलाई कुशल बनाउनेछ।

डिजिहबका अनुसार, ट्रेडिङका क्रममा धेरै अर्डर सजिलै राख्न सकिने ‘अर्डर बास्केट’, एकै स्क्रिनमा आवश्यक जानकारी हेरेर निर्णय गर्न सकिने ‘मल्टी-विन्डो सपोर्ट’ र पोर्टफोलियोको नाफा–नोक्सान ट्र्याक गर्न सकिने सुविधा यस प्रणालीमा उपलब्ध छन्।

टीएमएस डेस्कटप, वेब, मोबाइल (एन्ड्रोइड र आइओएस) सबै माध्यमबाट प्रयोग गर्न मिल्ने भएकोले लगानीकर्ताले जुनसुकै स्थानबाट, जुनसुकै समयमा कारोबार गर्न सक्नेछन्। यसले खासगरी व्यस्त व्यक्तिहरू र प्राविधिक लगानीकर्ताहरूलाई लक्षित गर्दै ट्रेडिङ अनुभवलाई सहज बनाउनेछ।

अन्य सुविधा जस्तै ‘चाइल्ड अकाउन्ट म्यानेजमेन्ट’ प्रणालीले एकै लगानीकर्ताले धेरै अकाउन्ट सजिलै ट्र्याक गर्न सक्ने व्यवस्था मिलाएको छ। यस्तै, एडभान्स चार्टिङ उपकरणले लगानी निर्णयमा प्राविधिक विश्लेषणलाई सहज बनाउनेछ।

डिजिहबले टीएमएसमार्फत नेपालको वित्तीय प्रणालीलाई ‘डिजिटल स्मार्ट इकोसिस्टम’ तर्फ उन्मुख गराउँदैछ। सेयर कारोबारमा गति, पारदर्शिता र पहुँच विस्तार गर्ने लक्ष्यसहित यस प्रणालीले साना तथा ठूला दुवै लगानीकर्ताको आवश्यकता पूरा गर्ने सम्भावना बोकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ