+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

बुटवलमा एमालेको जागरणसभामा सम्बोधन गर्दै, ओलीले भने एमाले सिध्याउँछु भन्नेहरू असफल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सङ्घका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी लगायतका नेताहरूको सहभागितामा सम्पन्न यस कार्यक्रममा एमालेका आन्तरिक एकता र विकास यात्रालाई सबल बनाउँदै अघि बढ्ने अपेक्षाको वातावरण बनाइएको थियो।

जनवाच
१ हप्ता अगाडी

रुपन्देही, २९ चैत – बुटवलमा आयोजित एमाले जागरणसभामा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा पार्टीभित्रको विभाजन प्रयासलाई असफल बताएर समृद्धि र विकासको यात्रामा कुनै अवरोध आउँदैन भन्नि  विश्वास व्यक्त गरे।

सभामा, ओलीले भने, “एमाले सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्ने स्वार्थी तथा विभाजनकारी तत्वहरू सफल भएनन्। म धेरै बाँच्ने होइन, तर मेरो नेतृत्व पछि बलवान नेताहरू पार्टीमा आउनेछन्।” उनले  जनताका हित र देशको विकासका लागि जनताको बलिदानीपूर्ण सङ्घर्षबाट स्थापित लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन वर्तमान सरकारले गरेका प्रयासहरूलाई जोड दिए।

प्रधानमन्त्री ओलीका अनुसार, राजतन्त्र र पञ्चायतकालमा देखिएका अव्यवस्थाका विरुद्ध जनताको संघर्षले ल्याएको गणतन्त्रलाई आक्रमण गर्न अराजकता र अफबाह फैलाउने प्रयासहरू विफल भएका छन्। उनले  आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त पछ्याउनुलाई बेकार बताएका क्रममा, वर्तमान गठबन्धन सरकार आगामी निर्वाचनसम्म कायम रहने स्पष्टता जनाए। “यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन,” ओलीले थप्दै भने, “यस सरकारले ठुला दलहरू, नेपाली काँग्रेस र एमालेको सहकार्यबाट देशलाई स्थायित्व र परिवर्तनका लागि मार्गदर्शन गरिरहेको छ।”

उनले  लुम्बिनीमा निर्मित विभिन्न राजमार्ग, अस्पताल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र र कृषि उत्पादन क्षेत्रमा गरिएको विकास र प्रविधिक योजनाबारे पनि चर्चा गर्दै, यी कार्यक्रमहरूले देशका समृद्धि र विकासतर्फको यात्रालाई थप तीव्र बनाएको उल्लेख गरे।

सभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री ओलीको नेतृत्वका राम्रा उपलब्धिहरूलाई सराहना गर्दै, गलत प्रचार र विभाजनकारी प्रयासहरूलाई चिरेर अघि बढ्न आवश्यकतामा जोड दिए। साथै, एमालेका सचिव एवं लुम्बिनी प्रदेश इञ्चार्ज पद्मा अर्यालले विपक्षी तथा प्रतिगामी पक्षहरूबाट हुने असत्य प्रचारको पछि नलाग्न खुलस्त छलफल गर्न तयार रहने कुरा बताए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ