+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

परराष्ट्रमन्त्री राणाको निजी क्षेत्रको सक्रियतामा जोड, समृद्धिको लागि सहजीकरणको अपिल

"सरकार र निजी क्षेत्र मिलेर देशका स्रोत साधनहरूको अधिकतम प्रयोग गरेर विकासको गति तीव्र बनाउनुपर्छ," मन्त्री राणाले जोड दिए।

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, २८ चैत – परराष्ट्रमन्त्री आरजु राणा देउवाले देशको समग्र आर्थिक विकास र समृद्धिका लागि सिंगो सरकारको सक्रियतामा रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा तथा उद्योग दिवस २०८१ को उद्घाटन गर्दै मन्त्री राणाले निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै त्यसको सक्रियतामा जोड दिएका हुन्।

मन्त्री राणाले निजी क्षेत्रको लगानीको वृद्धि बिना मुलुकले समृद्धिको लक्ष्य हासिल गर्न नसक्ने धारणा राखे। उनले सरकारले विभिन्न नीतिगत र कानुनी जटिलताहरू फुकाएर लगानीको वातावरण सहज बनाएको बताएका छन्। “निजी क्षेत्रले आर्थिक विकासको डाइभिङ्ग फोर्सको रूपमा कार्य गर्नुपर्छ,” उनले भने, “अब हिचकिचाहट नगरी लगानी बढाउन निजी क्षेत्रले अग्रसर हुनु पर्छ।”

नेपालको औद्योगिक विकासलाई अपरिहार्य मान्दै, मन्त्री राणाले नेपालको तुलनात्मक लाभ र प्रतिस्पर्धी क्षमताका वस्तु र सेवाहरूको उत्पादन र निर्यात वृद्धि गर्ने मुख्य उद्देश्यलाई प्राथमिकता दिने महत्त्वपूर्ण कुरा बताए। साथै, उनले वैदेशिक सहायता केही घटेको भए पनि निजी क्षेत्रलाई निराश नहुन आग्रह गरे।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ