+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

सुरेश रजकप्रति अन्याय हुन दिन्नौं – माओवादी प्रवक्ताको प्रतिबद्धता, परिवारलाई न्याय दिलाउने आश्वासन

पत्रकार सुरेश रजकको बलिदान पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा एक गम्भीर सवाल बनेको छ।

जनवाच
१ हप्ता अगाडी

काठमाडौं, चैत २८ – पत्रकार सुरेश रजकको हत्या घटनापछि तीव्र रूपमा उठेको न्यायको मागप्रति नेकपा (माओवादी केन्द्र) ले औपचारिक सरोकार राखेको छ। पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटा आज रजकको परिवारलाई भेट्न ताहाचलस्थित घरमै पुगे।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सन्देश लिएर पुगेका सापकोटाले घटनामा मारिएका रजकको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै छानबिन प्रक्रिया निष्पक्ष र छिटो हुनुपर्नेमा जोड दिए।

“सुरेश रजकमाथि भएको घटनाले सिङ्गो प्रेस स्वतन्त्रतामै प्रश्न उठेको छ। दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सरकारमाथि हाम्रो निरन्तर दबाब रहनेछ,” सापकोटाले भने।

रजक परिवारले पत्रकार सुरेशलाई सहिद घोषणा गर्न, हत्या अनुसन्धानलाई तीव्र बनाउन, दोषी पहिचान गरी कारबाही गर्न र तीनकुनेमा उनको सम्झनामा सालिक निर्माण गर्न माग गरेका छन्।

प्रवक्ता सापकोटाले उक्त चारै बुँदे मागप्रति आफ्नो पार्टीको ऐक्यबद्धता जनाउँदै आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीसहित सापकोटा अपरान्ह ३ बजे रजकको परिवार भेट्न पुगेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ