+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

नेपालको रात्रीजीवनमा क्रान्ति: एलओडी क्लबले अन्तर्राष्ट्रिय मान्यता दिलाउँदै

एलओडीको यो ऐतिहासिक यात्रा नेपालका अन्य मनोरञ्जन व्यवसायहरूका लागि पनि प्रेरणा बन्न सक्छ। अब नेपाली रात्रीजीवन केवल आफ्नो देशमै सीमित रहनु पर्दैन—उक्त क्षेत्रले पनि ग्लोबल स्टेज मा चम्किन सक्छ भन्ने सन्देश यो उपलब्धिले दिएको छ।

जनवाच
१ हप्ता अगाडी

काठमाडौँ, ठमेल – नेपालको मनोरञ्जन उद्योगले नयाँ उचाइ छोएको छ। ठमेलस्थित चर्चित क्लब एलओडी (Lord of the Drinks) ले विश्वकै प्रतिष्ठित डिजे क्लबहरूको सूचीमा ४४औं स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको रात्रीजीवनलाई चिनाउने ऐतिहासिक काम गरेको छ।

बेलायतस्थित डिजे म्याग द्वारा प्रकाशित सन् २०२५ को ‘टप १०० क्लब्स अफ द वर्ल्ड’ सूचीमा एलओडीको यो प्रवेशले नेपाली मनोरञ्जन क्षेत्रमा एउटा नवीन युगको सुरुवात गरेको हो। यतिबेला एलओडीको नाम केवल ठमेल वा काठमाडौंमा सीमित छैन—यसले नेपाललाई विश्वसामु एक नाइटलाइफ डेस्टिनेसन को रूपमा उभ्याउने सम्भावना बोकेको छ।

एलओडीका निर्देशक भुपेन कुँवर भन्छन्, “यो केवल क्लबको जित होइन, यो नेपालकै जित हो। अब विश्वले नेपाललाई केवल हिमाल र संस्कृति मात्र होइन, उत्कृष्ट मनोरञ्जन गन्तव्यका रूपमा पनि हेर्नेछ।”

उनले थपे, “यो मान्यताले नेपालमा पर्यटन मात्र होइन, समग्र नाइटलाइफ कल्चरलाई पनि नयाँ दिशा दिनेछ। विदेशी पर्यटकहरूको आकर्षण झनै बढ्नेछ भने, स्वदेशी दर्शकका लागि पनि यो प्रेरणादायी हुनेछ।”

कुँवरका अनुसार एलओडी क्लब ४४औं स्थानमा पुग्नु केवल सुरुवात हो। अब क्लबलाई अझ अन्तर्राष्ट्रिय स्तरअनुकूल बनाउँदै लैजाने योजना छ। “अब चुनौती नयाँ हो, हाम्रा स्तर अझ उचो बनाउनु पर्छ,” उनले प्रस्ट पारे।

नेपालमा झण्डै ५०० भन्दा बढी क्लबहरू प्रतिस्पर्धामा सहभागी रहेका बेला एलओडीको यो उपलब्धि साँच्चिकै उल्लेखनीय हो। यसले न केवल प्रतिस्पर्धात्मक क्षमताको प्रमाण दिएको छ, बरु नेपालको रात्रीजीवनलाई विश्वव्यापी सन्दर्भमा स्थापित गर्ने बाटोसमेत खोलेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ