+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रबिधी

विद्युतीय सुरक्षा र आगलागी न्यूनीकरणमा नेपाललाई नयाँ दिशा दिन काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु”

जनवाच
१ हप्ता अगाडी

काठमाडौं – नेपालमा विद्युतीय सुरक्षा र आगलागी जोखिम न्यूनीकरणको सन्दर्भमा बहस र समाधान खोजीका लागि आजदेखि दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ नाम दिइएको सम्मेलन दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सुरु भएको हो।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्घाटन गर्ने उक्त सम्मेलनमा आगलागी नियन्त्रण, विद्युतीय सुरक्षा प्रणाली, र आधुनिक प्रविधिको प्रभावकारी प्रयोगबारे गहिरो छलफल हुने आयोजक एशिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा नेपाल) ले जानकारी दिएको छ।

कार्यक्रममा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, सुरक्षा निकाय, स्थानीय सरकारका प्रतिनिधि, निजी क्षेत्रका विज्ञ र उद्योगीहरू लगायत विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ। सम्मेलनमा १४ देशका विज्ञहरूद्वारा कार्यपत्र प्रस्तुत गरिँदैछ, जसले नेपालमा उपयोगी हुनसक्ने समाधान, अनुभव र प्रविधिहरूको सन्दर्भ प्रस्तुत गर्नेछ।

आप्सा नेपाल अध्यक्ष सुनिल कुमारका अनुसार, “नेपालमा हरेक वर्ष आगलागीले ठूलो जनधनको क्षति पुर्‍याउँछ। तर समाधानप्रति ध्यान अपेक्षित रूपमा केन्द्रित हुन सकेको छैन।” सम्मेलनले प्रविधिमैत्री र समाजमैत्री समाधानतर्फको मार्गचित्र कोर्ने विश्वास लिइएको छ।

कार्यक्रम निर्देशक सुरेश श्रेष्ठले यो सम्मेलन नीति निर्माणमा सुधार ल्याउनुका साथै सरकार, विज्ञ र निजी क्षेत्रबीच सहकार्यको नयाँ ढोका खोल्ने अवसरको रूपमा लिने स्पष्ट पारे।

नेपालको सुरक्षा व्यवस्थामा प्रविधिको भूमिका अझ सशक्त बनाउने उद्देश्यले आयोजना गरिएको यो सम्मेलनबाट आगलागी न्यूनीकरण, इन्फ्रास्ट्रक्चरको सुरक्षित विकास र स्मार्ट सिटी अवधारणातर्फ स्पष्ट संकेत देखिएको छ। सम्मेलनमा प्रविधि प्रदर्शनी, अन्तरक्रियात्मक सत्रहरू र नेटवर्किङको समेत व्यवस्था गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ