+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खेलकुद

रायन गिग्सको दोहोरो जीवन: भाइको श्रीमतीसँग ८ वर्षे गोप्य सम्बन्धको खुलासा!

जनवाच
२ हप्ता अगाडी

काठमाडौं, २१ चैत – विश्व फुटबलमा एक उत्कृष्ट खेलाडीको रूपमा चिनिने रायन गिग्स को जीवन मैदानभित्र जति उज्यालो थियो, बाहिर त्यति नै विवादास्पद रह्यो। म्यानचेस्टर युनाइटेडको महान खेलाडीका रूपमा प्रशंसा कमाएका गिग्सको व्यक्तिगत जीवन भने धोका, विश्वासघात र गोप्य सम्बन्धका कारण कलंकित भएको छ।

गिग्सले सन् २००७ मा स्टेसी कुक सँग विवाह गरेका थिए। उनीहरूका दुई सन्तान छन्, तर यो वैवाहिक जीवन लामो समय टिक्न सकेन। २०११ मा भएको खुलासाले सारा फुटबल जगतलाई स्तब्ध बनायो – गिग्स आफ्नै भाइ रोड्रीकी श्रीमती नताशासँग गुप्त सम्बन्धमा थिए।

रोड्री र नताशाको विवाह हुनु दुई हप्ता अघि नै गिग्स र नताशाको सम्बन्ध रहेको र नताशाले गिग्सको बच्चालाई गर्भपतन गराएकी थिइन् भन्ने खुलासा भएपछि गिग्सको छवि पूर्ण रूपमा ध्वस्त भयो।

सन् २००३ मा गिग्स र नताशा पहिलो पटक म्यानचेस्टरको एक नाइट क्लबमा भेटिए।
त्यो समय गिग्सकी श्रीमती स्टेसी गर्भवती थिइन्, तर गिग्स भने नताशासँग समय बिताइरहेका थिए।
नताशाले २ महिनापछि गिग्सका भाइ रोड्रीसँग डेट गर्न थालिन्, तर १ वर्ष नबित्दै गिग्ससँग पुनः सम्बन्ध जोडिन्।
८ वर्षसम्म यो गोप्य सम्बन्ध चलिरह्यो, जसबारे रोड्रीलाई थाहा थिएन।

यो घटना बाहिर आएपछि गिग्सलाई आदर्श फुटबलर मात्र नभई, धोखेबाज पति र आफ्नै भाइलाई पीडा दिने मानिस को रूपमा हेरियो। फुटबल प्रेमीहरूका लागि गिग्स एउटा लिजेन्ड भए पनि, उनको व्यक्तिगत जीवनले उनको छविमा गहिरो दाग लगाइदियो।

गिग्सले म्यानचेस्टर युनाइटेडका लागि ९६३ खेल खेलेर थुप्रै उपाधि जिते, तर उनको निजी जिन्दगीले उनको विरासतलाई विवादमा पारिदियो। अब फुटबल जगत उनलाई उत्कृष्ट खेलाडीका रूपमा मात्र होइन, एक विश्वासघाती व्यक्ति को रूपमा पनि सम्झनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ