मुम्बई, २१ चैत – सलमान खानको फिल्म ‘सिकन्दर’ ले बक्स अफिसमा धमाकेदार सुरुवात गर्दै तीन दिनमै १४१ करोड रुपैयाँ कमाउन सफल भएको छ। नकारात्मक समीक्षा र आलोचना हुँदाहुँदै पनि सलमानका फ्यानहरूको क्रेज घटेको छैन। ईदअघि रिलिज भएको ‘सिकन्दर’ ले पहिलो दिन अलि सुस्त प्रदर्शन गरे पनि, दोस्रो दिनबाट फ्यानहरूको भीडले बक्स अफिसमा तहल्का मच्चाएको छ। विशेष गरी ईदको अवसरमा दर्शकहरू थिएटरमा ओइरिएपछि फिल्मको व्यापार झन् उचाइमा पुगेको हो। पहिलो दिन (अप्रिल १): ४६ करोड (विश्वभर)दोस्रो दिन (ईद विशेष): ५९ करोडतेस्रो दिन: ३६ करोडजम्मा (तीन दिन): १४१.१५ करोड सलमान खान स्टारर ‘सिकन्दर’ ले भारत मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो व्यापार गरिरहेको छ।अष्ट्रेलिया, न्यूजिल्याण्ड, मलेसिया, युके, अमेरिका लगायतका देशहरूमा रिलिज भएको फिल्मले विदेशी बक्स अफिसमा पनि राम्रो पकड जमाएको छ।