+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कृषि

आजको कालीमाटी बजारमा तरकारी र फलफूलको भाउ यथावत्,

जनवाच
१ महिना अगाडी

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । पछिल्ला दिनमा तरकारी र फलफूलको मूल्यमा ठूलो उतारचढाव नभएपछि उपभोक्ताले राहत महसुस गरेका छन् ।

समितिका अनुसार आज गोलभेँडा (नेपाली) प्रतिकिलो २५, गोलभेँडा (भारतीय) ५०, आलु रातो ३५, प्याज (भारतीय) ६२, गाजर (लोकल) ४०, बन्दा (लोकल) १२, काउली (स्थानीय) २०, मूला सेतो १५ र भन्टा लाम्चो ५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

साथै, मटरकोसा ५०, टाटे सिमी ७०, तिते करेला १२०, लौका ५०, परबर (तराई) १७०, फर्सी ५०, भिण्डी ११० तथा रायो साग ४० रुपैयाँ प्रतिकिलो रहेको छ ।

फलफूलतर्फ स्याउ (फुजी) ३५०, केरा (दर्जन) १५०, अनार ३५०, अङ्गुर (कालो) २५०, सुन्तला (भारतीय) १२०, जुनार १५०, किबी ४००, अमला १२० तोकिएको छ ।

तरकारी तथा फलफूलको मूल्य यथावत् रहेकाले उपभोक्ताले केही सहजता पाएको महसुस गरेका छन् । तर, केही वस्तुमा मागअनुसार आपूर्ति नहुँदा मूल्यमा केही अस्थिरता देखिएको छ । समितिले बजार मूल्य नियमित अनुगमन गर्दै जाने बताएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ