+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन

दुर्लभ भाषा संरक्षण नगरे सभ्यता नै संकटमा पर्ने: मन्त्री पाण्डे

जनवाच
१ महिना अगाडी

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले दुर्लभ र लोपोन्मुख भाषाहरूको संरक्षण नगरे भाषा मात्र होइन, सभ्यता नै संकटमा पर्ने चेतावनी दियेका छन ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रजत महोत्सवमा भाषा प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री पाण्डेले हाल नेपालमा १३१ भाषा प्रचलनमा रहेको बताउँदै अनुसन्धानका क्रममा अझै नयाँ भाषा पत्ता लाग्न सक्ने उल्लेख गरे ।

“आज कुसुण्डा भाषा बोल्ने केवल एक व्यक्ति मात्र बाँकी छन्। यदि तत्कालै संरक्षणमा ध्यान नदिए यस्ता दुर्लभ भाषा हराउँदै जानेछन्,” उनले भने , “भाषा मात्र नभई तिनले बोकेको इतिहास, संस्कृति र दर्शनसमेत लोप हुने खतरा छ।”

मन्त्री पाण्डेले कुनै पनि भाषाले अर्को भाषाको सन्देश, संवेदनशीलता र सभ्यतालाई पूर्ण रूपमा स्थानान्तरण गर्न नसक्ने भएकाले सबै भाषाको संरक्षण महत्त्वपूर्ण रहेको बताए । साथै, भाषा अभौतिक सम्पदा भए पनि यसले भौतिक जगतमा पनि ठूलो भूमिका खेल्ने उल्लेख गरे ।

नेपालको भाषा विविधता देशको पहिचान र सम्पत्तिसँग जोडिएको भन्दै उनले  दुर्लभ भाषाको संरक्षण र प्रवर्धनका लागि सरकार गम्भीर रहेको प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ