+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वालेट मर्जर

आईएमई पे र खल्ती मर्जर हुने, ईसेवालाई चुनौती

जनवाच
२ महिना अगाडी

काठमाडौं । नेपालका प्रमुख दुई भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई पे र खल्तीबीच मर्जर हुने भएको छ । अहिलेको मुख्य भुक्तानी सेवा प्रदायकको रुपमा देखिएको ई–सेवालाई कडा टक्कर दिने उद्येश्यसहित आईएमई पे र खल्ती मिल्न लागेका हुन् ।

आईतवार यी दुई संस्थाले मर्जरका लागि सम्झौतामा गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाइएको जनाइएको छ ।
भुक्तानी सेवा प्रदायकबीच नेपालमा पहिलो पटक मर्जर हुन लागेको हो ।

भुक्तानी सेवामा ई–सेवाको एकाधिकार जस्तै रहेको ई–सेवाको पछिल्लो समयमा व्यापार निकै खस्किए पनि पहिलो नम्बरमा रहेको थियो ।

एक ठूलो मिडिया सञ्चालकलाई लगानी गर्न लगाएर ईसेवाको माउ कम्पनी एफवान सफ्टले आफ्नो एकाधिकार बचाउने प्रयास गरे पनि आईएमई पे र खल्तीले त्यसलाई विफल बनाउने तयारी गरेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ