+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बरेङको प्रगति ८८ दशमलव १७ प्रतिशत, ९८ वटा योजनाहरु मध्ये ९७ वटा योजना सम्पन्न

जनवाच
९ महिना अगाडी

बरेङ ।
बागलुङको बरेङ गाउँपालिकामा पालिका स्तरीय तेस्रो चौमासिक सार्वजनिक सुनुवाई बरेङ बजारमा सम्पन्न भएको छ । स्थानीय पालिकाको सुुशासन, पारदर्शीता र जवाफदेहिताका लागि बरेङ गाउँपालिकाको आयोजना तथा लेखन नेपाल मिडिया प्रा.लि.बरेङ शाखाको सहजीकरणमा सार्वजनिक सुनुवाई भएको हो ।

सार्वजनिक सुनुवाईमा हालसम्म गाउँपलिकामा चालु आर्थिक वर्षमा सञ्चालित ९८ वटा योजनाहरु मध्ये ९७ वटा योजना कार्यान्वयनमा गएको र गाउँपालिकाको हालसम्मको प्रगति ८८ दशमलव १७ प्रतिशत भएको प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले जानकारी दिए छन् ।

गाउँपालिकाले यस तेस्रो चौमासिक अवधिसम्ममा चालुतर्फ ८५ दशमलव ६७ प्रतिशत र पुँजीगत तर्फ ७४ दशमलव ८८ प्रतिशत, गाउँपालिकाको कुल बजेटको तेस्रो चौमासिक अवधिसम्म ८८ दशमलव १७ प्रतिशत वजेट खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले जानकारी दिएका थिए । गाउँपालिकाको ९८ वटा योजना मध्ये ९७ वटा योजना सम्पन्न भएको अधिकृत रानाले स्पष्ट पारेका थिए ।

कार्यक्रममा स्थानीय चित्र बहादुर थापा, दुर्गा बहादुर थापा, दल बहादुर थापा, चिन्तामणी जैसि, टिका बहादुर थापा, ललित पाध्या, शेखर थापा लगायतले गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न, गुनासो र सुझाव व्यक्त गरेका थिए । कार्यक्रममा वजेट विनियोजनमा पार्टी प्रतिनिधिहरुको सहभागिता नभएको गुनासो प्रस्तुत गरेका थिए भने पशु तथा कृषि शाखाहरुमा कर्मचारीहरु सेवा प्रवाहमा कम सेवा दिईएको लगाएतका गुनासाहरु सहभागिहरुले राखेका थिए ।

कार्यक्रममा जनताको गुनासो चासो तथा सुझावहरुका विषयमा कृषि शाखा प्रमुख सोमराज रावत, पशु शाखा प्रमुख नारायण पौडेल, शिक्षा शाखा प्राविधिक सहायक विष्णु प्रसाद न्यौपाने, पूर्वाधार विकास शाखा प्रमुख कृष्ण बहादुर थापा, स्वास्थ शाखा प्रमुख पदम बहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर राना लगायत वडा नं. २ वडा अध्यक्ष हिरा बहादुर घर्ती लगायतले जवाफ दिएका थिए ।

जनताको प्रश्नको जवाफ दिदैं गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जनताको गाउँपालिका प्रतिको अपेक्षा, हाल सम्म गरेका राम्रा काम र सुधार गर्नुपर्ने कामलाई बाहिर ल्याउनका लागि सार्वजनिक सुनुवाई आयोजना गरिएको बताउदैं प्रश्न उठाउनु र सुझाव दिनु जनताले गाउँपालिकाको योजनाहरुको विषयमा झकझकाइ राख्नु पर्ने बताउदै गाउँपालिका सुध्रन र राम्रो काम गर्न जनताले निरन्तर प्रश्न राख्नुपर्ने बताएका थिए ।

कार्यक्रम गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश छन्त्यालको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ