+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युनाइटेड अजोड इन्स्योरेन्सको ३ लाख ३३ हजार संस्थापक शेयर बिक्रीमा

जनवाच
२ महिना अगाडी

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३ लाख ३३ हजार संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीले जुली चाचानको नाममा रहेको १ लाख ४९ हजार ११६, माछापुच्छ्रे बिक्र फ्याक्ट्रीको ७६ हजार ८७८, महेन्द्र कुमार गोयलको ८२ हजार ५९२ र ज्योतिकुमारी सरावगीको २४ हजार ६०२ कित्ता गरी कुल ३ लाख ३३ हजार १८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयरको मूल्य क्रमशः १८०, २०१, १६३.९० र १६३.५० रुपैयाँ तोकिएको छ ।

संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने यो शेयरमा इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय सिटिसी मल सुन्धारा, काठमाडौंमा के कति कित्ता खरिद गर्ने सो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।

साथै ३५ दिनसम्म खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ