काठमाडौं। नेपाली बजारमा सुनको मूल्य फेरि ह्वात्तै बढेको छ । अघिल्लो दिन तोलामा २७ सय रुपैयाँले घटेर एक लाख ६७ हजार ५ सय रुपैयाँमा झरेको भाउ आज फेरि २३ सय रुपैयाँले बढ्दै एक लाख ६९ हजार ८ सय रुपैयाँमा उक्लिएको हो ।
सुनको भाउको उतारचढावले बजार अस्थिर बनेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि केहीँ बढेको छ । बुधबार तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ३५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।