+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढी पहिरोले ७ राजमार्ग १८ स्थानमा अवरूद्ध, १५१ ठाउँमा सवारी एकतर्फी

जनवाच
९ महिना अगाडी

बरेङ, साउन २ गते ।
मनसुन सक्रिय भएसँगै बाढी र पहिरोबाट विभिन्न सडक अवरूद्ध छ । सडक विभागका अनुसार बुधबार बिहासम्म ७ वटा १८ वडा राजमार्ग १८ स्थानमा दुइतर्फी नै अवरूद्ध छ ।

पुष्पलाल मध्यपहाडी राजमार्ग बागलुङको काउछे मनेवामा, बागलुङको दलव्याङ भीरमा र कोशी राजमार्ग संखुवासभाको समाटारमा, डुम्रे, बेसीसहर, चामे सडक लमजुङको तिमाङमा, तानसेन, रिडी, कोरला सडक स्याङ्जाको रातोडाँडा बिसोना, तानसेन, रिडी, कोरला सडकमा अवरूद्ध छ ।

त्यस्तै पुष्पलाल मध्य पहाडी राजमार्ग डोटीको रामपुर र रदुवावामा तथा बागलुरङको बोक्सेमा अवरूद्ध छ । तानसेन, रिडी, कोरला सडक गुल्मीको बर्दरे खोलामा अवरूद्ध रहेको विभागले जनाएको छ । बधुबार बिहान विभिन्न राजमार्ग र सडकहरू १५१ स्थानमा एकतर्फी छ ।

पुष्पलाल मध्यपहाडी राजमार्ग सिन्धुलीको कुखुरेटारमा, सुर्खेत, जुम्ला सडक कालीकोटको पिली क्षेत्रमा, अरनिको राजमार्ग सिन्धुपाल्चोकमा, तानसेन, रिडी, कोरला सडक म्याग्दीमा, साँफेबगर, मार्तडी, कोल्टी सडक बाजुराको ताप्रिसेरामा लगायत विभिन्न स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेको विभागले जनाएको छ ।

अवरूद्ध सडकहरू खुलाउने काम जारी रहेको पनि विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ