+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तरलता व्यवस्थापन

राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब तरलता उठाउने

जनवाच
२ महिना अगाडी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब रुपैयाँ तरलता उठाउने भएको छ । बैंकिङ प्रणालीमा बढ्दो तरलताकाबीच लगानी हुन नसक्दा केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गर्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । निक्षेप संकलन उपरकणको आजै बोलकबोल र बाँडफाँड हुने बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले २१ दिनका लागि ६० अर्ब रुपियाँ प्रशोचन गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोडदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निरन्तर तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको माध्यमबाट तरलता व्यवस्थापन गरिरहेको छ ।
केन्द्रीय बैंककै रिपोर्ट अनुसार माघ २६ गतेसम्ममा सबै बैंक तथा वित्तीय संस्थाहरुमा ६७ खर्ब २५ अर्ब बढी निक्षेप संकलन हुँदैगर्दा यता मुस्किलले ५४ खर्ब ३३ अर्ब कर्जा लगानी हुन सकेको छ । समीक्षा अवधिमा जम्मा ७९.४८ प्रतिशत सीडी रेसियो (कर्जा/निक्षेप) अनुपात कायम भएकोमा बैंकहरुसँग ७ खर्ब बढी लगानी योग्य पुँजी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ