काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एकैदिन २७ सय रुपैयाँले घट्दै एक लाख ६७ हजार ५ सय रुपैयाँमा झरेको हो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घट्दै एक हजार ९३० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।