+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यी नदीहरूको बहाव उल्लेख्य बढ्ने, ८ जिल्लामा आज बाढीको जोखिम

जनवाच
९ महिना अगाडी

काठमाण्डौ, साउन २ गते ।
बुधबार बिहान मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कर्णाली प्रदेशका थोरै स्थान र सुदूरपश्चिमका एक, दुई स्थानमा हल्कादेखि मध्यम तथा बागमती र सुदूरपश्चिमका एक, दुई स्थानमा बिहान भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा बागमती, गण्डकी र कर्णालीका एक, दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ ।

बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिन अनुसार वर्षाका कारण ८ जिल्ला र त्यस आसपास भई बहने अधिकांश ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।

सिन्धुपाल्चोक, दोलखा, बाजुरा, अछाम, डोटी, डडेलधुरा, बैतडी र दार्चुला जिल्ला र त्यस आसपास बहने साना नदीहरूको वहाब बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै इलाम, झापा, संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बझाङ, रुकुम पश्चिम, रुकुम पूर्व, सुर्खेत र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीहरुमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाले ठूला नदीहरूको वहाब भने तीन दिनसम्म सामान्यदेखि उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।

बुधबार दूधकोशी रूवाबजारमा, तामोशी बुस्तीमा, सुनकोशी हम्पचुवारमा, कर्णाली नदी चिसापानी र असाराघाटमा, भेरी नदी समजिघाटमा, पश्चिम सेती दिपायलमा र महाकाली नदी पारिगाउँमा उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ ।

बाढीको जोखिम रहेका स्थान र तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ