बिहीबार बिहान आएको पहिरोले मध्यपहाडी राजमार्गको कुश्मा बागलुङ सडक खण्ड अवरुद्ध भएको छ । कुश्मा नगरपालिका–१ सहस्रधारामा विहान २ बजेकाे समयमा ठूलो पहिरो आएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्नेछ । ‘सडक खुलाउने पहल भइरहेको छ’ टेलिफोनमा उनले भने, ‘तर ठूलो भएकाले तत्काल पहिरो पन्छाउन सकिने अवस्था छैन ।’ पहिरोको लेदोले एउटा रेष्टुरेन्टको कम्पाउन्ड सबै ढाकिएको पनि उनले बताए ।