काठमाडौं। कवाड व्यवसायी संघर्ष समितिले काठमाडौ महानगरपालिका घेराउ गर्ने भएको छ । समितिले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले व्यवसायबाट विस्थापित गराउन अनावश्यक दुःख दिएको भन्दै आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरु काठमाडौं महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए ।
साथै, काठमाडौं महानगर प्रहरीहरूले कवाड व्यवसायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइनजती गरेको उनले बताए ।
उनले अदाललते कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यस विपरीत काम गरिरहेको उल्लेख गरे ।