काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बैठक बसेको हो ।
बैठकमा हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचन, पार्टीको केन्द्रीय समिति बैठकको तयारी, भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको स्थगित २३औँ राष्ट्रिय सम्मेलन, प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीन भ्रमणको सकारात्मक नकारात्मक पक्षको समीक्षा लगायत पार्टीको भावि कार्यक्रमको विषयमा छलफल भइरहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ र लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।