काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन जादैछिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा राणा आज चीन भ्रमणमा जान लागेकी हुन् । मन्त्री राणाले आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्नेछिन् ।
भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारी लगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।
राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।