+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

११ महिनापछि अन्ततः धितोपत्र बोर्डले पायो अध्यक्ष, को हुन् श्रेष्ठ ?

जनवाच
४ महिना अगाडी

काठमााडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएको छ । पद रिक्त भएको करिब ११ महिनापछि बोर्डले नेतृत्व पाएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी नेतृत्वको धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले आइतबार श्रेष्ठसहित नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष कृष्णकुमार कार्की र बोर्डकै कार्यकारी निर्देशक डा.नवराज अधिकारीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सोही समितिको सिफारिसका आधारमा सोमबारको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो ।

२० पुस, २०८० मा तत्कालिन अध्यक्ष रमेश कुमार हमाल आफ्नो कार्यकाल पुरा गरेर बाहिरिएसँगै करिब ११ महिना धितोपत्र बोर्ड नेतृत्व विहिन बन्न पुगेको थियोे । अन्ततः लामो प्रयास र संघर्षकाबीच सोमबार बोर्डले नयाँ अध्यक्ष पाएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार यसअघि अध्यक्ष छनोटका लागि आवेदन परेकाहरुमध्येबाट सर्ट लिस्टमा परेका पाँच जनालाई अन्तरवार्ता तथा कार्यपत्र प्रस्तुतिका लागि पटकपटक बोलाउँला एक जना बाहेक अरु अनुपस्थित भइदिँदा अध्यक्ष छनोट प्रक्रिया लम्बिएको थियो । अध्यक्ष सिफारिसका लागि आइतबार बोलाइएको पछिल्लो अन्तरवार्तामा समेत एक उमेदवार बीमा समिति (हालको बीमा प्राधिकरण) का पूर्व अध्यक्ष डा.चिरञ्जिवि चापागाईं अनुपस्थित रहे ।

धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार बोर्डको अध्यक्ष छनोटका लागि समितिले अनिवार्य अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्थामा छ । सोही व्यवस्था बमोजिम अध्यक्ष सिफारिसका लागि तीन जनाको कोटा पुगेपछि आइतबार बेलुका समितिले श्रेष्ठ, कार्की र अधिकारीको नाम समितिले मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । सोही अन्तिम तीन जनाबाट सरकारले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो ।

को हुन् नवनियुक्त अध्यक्ष श्रेष्ठ

धितोपत्र बोर्डका नवनियुक्त श्रेष्ठ २०३३ सालमा स्याङ्गजाको भिरकोटमा जन्मिएका हुन् । काठमाडौं विश्वविध्यालयबाट फाइनान्समा एमबीए गरेका श्रेष्ठसँग लामो समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । श्रेष्ठले स्वाभिमान लघुवित्त वित्तीय संस्थामा झन्डै ८ वर्ष अध्यक्षको जिम्मेवारी सम्हालेका थिए भने उनले तत्कालिन नेपाल एक्सप्रेस फाइनान्समा १० दश वर्ष अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।

यस्तै, श्रेष्ठले तीन वर्ष नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति (बोर्ड) सदस्य समेत बनेका काम गरेका थिए । यस्तै, सोप एण्ड केमिकल, हाइड्रोपावर तथा कलेजहरुमा प्रत्यक्ष जिम्मेवारी निभाएर काम गरेको अनुभव रहेको छ । श्रेष्ठ र उनको परिवारको विभिन्न हाइड्रोपावरहरुमा लगानी समेत रहेको देखिन्छ ।

नवनियुक्त अध्यक्ष श्रेष्ठको अतिरिक्त संलग्नतामा म्यानेजमेन्ट एसोसियसन नेपाल ९म्यान० को आजीवन सदस्य, रुपन्देही चेम्बर अफ इन्डस्ट्रिजको कार्यकारी सदस्य लगायतमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ