+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप ५ दिन हिरासत वस्तुपर्ने भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना

जनवाच
४ महिना अगाडी

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा पक्राउ परेका व्यवसायी प्रसाईं यतिबेला प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन् ।

तर, किर्ते तथा साइबर अपराध मुद्दामा उनी विरुद्ध भइरहेको अनुसन्धानका लागि आइतबार थप ५ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । यो लगत्तै प्रसाईं वीर अस्पताल भर्ना भएका छन् ।

अदालतको आदेश अनुसार स्वास्थ्य परीक्षण गर्न लैजाँदा चिकित्सकको सल्लाह अनुसार उनलाई अस्पताल भर्ना गरिएको साइबर ब्यूरोले जानकारी दिएको छ ।

मेडिकल व्यवसायी प्रसाईंले प्रधानमन्त्री ओलीले कम्बोडियाको एक टेलीकम कम्पनीमा लगानी गरेको भनेर फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । सो कागजात भुवन भुषालले अपलोड गरेका थिए । कम्बोडियामा बस्ने ईश्वर पोखरेल ‘सफल’सँग प्रसाईंले भिडियो कुराकानी गर्दै सो कागजात देखाएका थिए । प्रसाईंले अपलोड गरेको नागरिकताको फोटोकपी र प्रधानमन्त्रीको सक्कली नागरिकता मेल नखाएको अनुसन्धानमा संलग्न सीआईबीका अधिकृतहरूले बताएका छन् ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा उनीविरुद्ध ‘आपराधिक लाभ लिन नहुने’ कसुरमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ । धम्की दिनेहरूले प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानलाई चन्दा माग्ने गरेका छन् । सीआईबीले गरेको प्रारम्भिक अनुसन्धानमा भारतबाट मात्रै १४१ वटा कल आएको भेटिएको छ ।

प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानको बैंक खाता र उनको आफ्नो व्यक्तिगत खातामा पनि शंकास्पद रकम जम्मा भएको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ