+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय उडान

मन्त्री पाण्डेको २४ घण्टे निर्देशनपछि नेपाल एयरलाइन्सले हवाई भाडा घटायो

जनवाच
४ महिना अगाडी

काठमाडौं । नेपाल वायु सेवा निगमले हवाई भाडा घटाएको छ । अन्तर्राष्ट्रिय उडानमा कम्पनीहरुले मनलाग्दी भाडा निर्धारण गरेको र असुलेको गुनासो बढ्न थालेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री प्रसाद पाण्डेले बुधबार एयरलाइन्स कम्पनीहरुलाई मन्त्रालय बोलाएर २४ घण्टा भित्र भाडादर बुझाउन निर्देशन दिएका थिए । भाडादर सार्वजनिक नगरे नयाँ कम्पनीलाई अवसर दिने चेतावनी दिइएको थियो । योसँगै त्रसित बनेका केही हवाई कम्पनीहरुले हवाई भाडा घटाएका छन् ।

नेपाल वायु सेवा निगमले २५०० देखि ५००० रुपैयाँसम्म भाडादर घटाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले दिल्ली, मुम्वई र वैंगलोर क्षेत्रको लागि बजार भाडादरमा २ हजार ५०० रुपियाँसम्म छुट दिने जनाएको छ भने दोहा, दुवई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता क्षेत्रको लागि बजार भाडादरमा ५ हजार रुपैयाँसम्म छुट दिने जनाएको छ ।
तथापि, अन्य हवाई कम्पनीहरुले भने हालसम्म घोषित रुपमा भाडादर कम गरेको वा छुट दिएको जानकारी दिएका छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ