+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हजार बुद्ध मन्दिरको पूजा गर्न पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनी जाने

जनवाच
४ महिना अगाडी

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् ।

शुक्रबार बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रम राखिएको छ । सोही कार्यक्रममा सहभागि हुन पूर्वराजा शाह लुम्बिनी जान लागेका उनका संवाद सचिवालयले जानकारी दिएको छ ।
हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा पूर्वराजा शाह शुक्रबार लुम्बिनी जान लागेका संवाद सचिव डा फणीराज पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ