काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे यहीँ मङ्सिर ७ गते कम्वोडिया जाने भएका छन् । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक कम्पनीमा गोप्य लगानी रहेको भन्दै चर्चा चलिरहेको छ । तथापि, उक्त हल्लाकाबीच प्रधानमन्त्रीलाई बदनाम गर्न अफवाह फैलाइएको भन्दै प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।
यसैबेला एमालेकातर्फबाट सभामुख भएका घिमिरे सोही देश जान लाग्दैगर्दा सबैको चाख बढेकोछ । तथापि, सभामुख घिमिरे ‘इन्टरनेसनल पार्लामेन्ट फर टोलोरेन्स एन्ड पिस (आइपीटीपी) को आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन कम्बोडिया जान लागेका हुन् ।
‘कम्वोडियाले आयोजना गर्न लागेको आइपीटीपी कार्यक्रम अन्तर्गत सम्माननीज्यू जान लाग्नुभएको हो‚’ संसद सचिवालयले जनाएको छ । सभामुख घिमिरे मङ्सिर ११ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।