+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपनिर्वाचन

स्थानीय तह उपनिर्वाचन : ४२ पदका लागि ४०७ जनाको उमेदवारी, आज दाबी विरोध गर्न सकिने

जनवाच
५ महिना अगाडी

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका कूल ४२ पदका लागि ४०७ जनाको उमेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार उमेदवारी दर्ताका लागि आइतबार ५ बजेसम्म तोकिएको समयमा उक्त उमेदवारी परेको हो ।

निर्वाचन कार्य तालिका अनुसार आज सोमबार उक्त उमेदवारी विरुद्ध दाबी विरोध उजुरी गर्न सकिनेछ । आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ ।

मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ