+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय राजनीति

बंगलादेशले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतसँग आग्रह गर्ने

जनवाच
५ महिना अगाडी

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई देशमा नै फिर्ता पठाउन भारतसँग आग्रह गर्ने भएको छ । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै अपदस्थ प्रधानमन्त्री हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका हुन् ।

आरक्षणलाई लिएर आफ्नो सरकारको विरोध भएपछि शेख हसिना बंगलादेशबाट भागेर भारत आएकी थिइन् । त्यसपछि युनुसले अगस्त ८ देखि बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गरिरहेका छन्।

हालै बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता तौफिक हसनले शेख हसिनाले प्रायः राजनीतिक बयान दिने गरेको आरोप लगाएका थिए । हसनले बंगलादेशले भारतमा बस्दै आएकी शेख हसिनाले राजनीतिक बयान गर्ने पक्षमा नभएको भारतीय उच्चायुक्त र भारत सरकारलाई जानकारी गराएको पनि बताएका थिए ।
शेख हसिना भारतमा बसेको सय दिनभन्दा बढी भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ