+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी ठगी

रवि लामिछाने विरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

जनवाच
५ महिना अगाडी

काठमाडौं। सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्की र रुपन्देहीबाट मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एंव पूर्वमन्त्री रवि लामिछाने विरुद्ध काठमाडौंमा समेत पक्राउ पुर्जी जारी भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंले आइतबार पक्राउ पुर्जी जारी गरेको हो । लामिछानेसँग उनका व्यापारिक साझेदार पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध समेत काठमाडौंमा पक्राउ पुर्जी जारी भएको छ ।

आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएका हुन् । लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र काठमाडौं महानगरपालिका–३१ घर भएकी सुनिता नेवा छिन् ।

स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न आरोपमा थप २२ जनाविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भैसकेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् ।

रकम अपचलनबारे अनुसन्धान गर्न ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ