+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धितोपत्र बोर्ड

धितोपत्र बोर्डको अध्यक्षका उमेदवारलाई फेरि बोलाइयो अन्तरवार्तामा

जनवाच
५ महिना अगाडी

काठमाडौं । नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्षका लागि छनोटमा परेका उमेदवारलाई पुनः अन्तरवार्तामा बोलाइएको छ । अर्थ मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै अन्तिम छनोटमा परेका तीन जना उमेदवारलाई मंसिर ९ गते अन्तरवार्ता तथा कार्यपत्र प्रस्तुतिका लागि बोलाएको हो ।

अन्तर्वार्ताका लागि बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का सीईओ कृष्णबहादुर कार्की अन्तिम तीनमा छानिएका छन्।​

त्यसो त यसअघिकै समितिले अघि बढाएको अध्यक्ष छनोट प्रक्रियमा सर्टलिस्टमा परेका ५ जनामध्ये बाँकी ३ जना उम्मेदवारलाई यसअघि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतका लागि सिंहदरबार बोलाइएको थियो । तर, बोर्डको अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारीसहित तीनै जना उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण रोकिएको थियो ।

सर्टलिस्टमा परेका ५ जना उमेदवारमध्ये अधिकारी, चापागाईं र कार्कीलेले यसअघि नै तीन पटकसम्म अन्तर्वार्ता तथा कार्यप्रस्तुतीका लागि तोकिएको समय बहिस्कार गरेका थिए ।
यसअघि सर्टलिस्टमा परेर अन्तर्वार्ता तथा कार्यप्रस्तुतिसमेत दिइसकेका सन्तोष नारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मध्ये सन्तोष नारायणले बोर्ड अध्यक्ष छनोटको नयाँ प्रक्रिया सुरु गर्न लागेको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए । उनको मुद्दा सर्वोच्चले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोकेको छ ।

पटक–पटक बिथोलिएको धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया फेरि शुरु भएको हो । बोर्डका अनुसार अन्तर्वार्ता मंसिर ९ गते बिहान ८ बजेदेखि अर्थ मन्त्रालय सिंहदरबारमा शुरु हुनेछ ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ