+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अपराध

२० वर्षअघिको मुद्दामा दीपक मनाङे डिल्ली बजार कारागार चलान

जनवाच
५ महिना अगाडी

काठमाडौं । गण्डकी प्रदेश सभाका सांसद एमं पूर्वमन्त्री दिपक मनाङे उर्फ राजिव गुरुङ डिल्ली बजार कारागार चलान भएका छन् । २१ वर्षअघि गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को हात छिनालेको मुद्दामा दोषि ठहरिएका गुरुङलाई मंगलबार प्रहरीले राजधानीबाटै पक्राउ गरेको हो ।
गुण्डागर्दीको पृष्ठभूमिबाटै राजनीतिमा आएका मनाङेलाई डिल्ली बजार कारागारमा राखिएको छ ।

सर्वोच्च अदालतले उच्च अदालतले गरेको यसअघि फैसलालाई सदर गर्दै उनीमाथि ५ वर्ष जेल सजाय तोकेको छ । त्यसो त यसै मुद्दामा सांसद मनाङे यसअघि नै २ वर्ष जेल बसिकेका छन् । यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब मनाङे २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्ने छ ।

ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन माथि २०६१ सालमा आक्रमण गरेको थियो । सो क्रममा चक्रे मिलनको हात छिनेको थियो । सोही घटनाको मुद्दामा अहिले माथिल्लो अदालतबाट फैसला भएसँगै कार्यान्वयनमा गएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ